केहि दिनदेखि मधेसमा देखिएको बाक्लो हुस्सु र शितलहरका कारण अहिले यहाँको जनजिवन प्रभावित भएको देखिन्छ । अत्यधिक चिसोका कारण अहिले मधेस प्रदेशका सामुदायिक तथा संस्थागत विद्यालयहरु करिब करिब बन्द भइसकेको अवस्था छ । बालबालिका तथा बृद्धहरुलाई यो असह्य जाडोबाट बचाउन आवश्यक रहेको देखिन्छ भने किनभने यति बेला बालबालिका तथा बृद्धहरुलाई निमोनिया लगायतका जाडोसँग सम्बन्धीत समस्याहरु देखा पर्ने हुन्छ ।
हुन त अत्यधिक चिसो सबैको लागि हानिकारक भएकोले सबै उमेरका ब्यक्तिहरुले यसबाट बच्न बाक्लो कपडा लगाउनुको साथै तातो पानी तथा तातो खाना खानु आवश्यक रहेको देखिन्छ । जाडोको समयमा बढी भन्दा बढी रसिलो फलफुल खानु उपयोगि हुन्छ । माँसाहारी व्यक्तिले माछा,मासु तथा अण्डाको सेवन गरेर समेत शरीरलाई न्यानो राख्न सक्दछ । शितलहरका बेला बाहिरका कामहरुलाई रोक्नु पर्दछ भने आगो वा हिटर प्रयोग गरेर शरीरलाई न्यानो राख्नु पर्दछ ।
स्थानिय सरकार तथा सम्बन्धीत संघसंस्थाहरुले समेत यतिबेला जाडोसँग सम्बन्धीत जनचेतनामूलक सूचनाहरु जारी गर्न आवश्यक छ । यति मात्र होइन पालिकाको बजेटले भ्याए बमोजिम जाडो छल्न दलित बस्ती तथा आवश्यक ठाउँहरुमा दाउरा,न्यानो कपडा लगायतका सामाग्रीहरु वितरण गर्न गराउन आवश्यक रहेको देखिन्छ । हामी सर्वसाधारणले समेत आफ्नो नजिकका छिमेकीका बारेमा जानकारी राख्न आवश्यक रहेको देखिन्छ । आफ्ना छिमेकीलाई आवश्यक न्यानो कपडा लगायतका सामाग्रीहरु आवश्यकता अनुसार बाँडनु पर्दछ ।
