जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ पुस
श्री चित्रगुप्त सेवा समितिले मंगलबारका दिन नेपाली काँग्रेसको केन्द्रीय कार्यालयको परिसरमा नेपाली काँग्रेसका पूर्वउपसभापति तथा नेपाल सरकारको पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिमाथि भएको अभद्र व्यवहारको घोर भत्र्सना गरेका छन् । साथै ति व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई आवश्यक कारवाही गर्न जोडदार माँग गरेका छन् ।
नेपाली काँग्रेस पार्टीको विशेष महाधिवेशनलाई लिएर केहि व्यक्तिहरुले नेता निधिलाई केन्द्रीय कार्यालय पुग्ने क्रममा बाटोमै रोकी अभद्र व्यवहार गरेका थिए । नेता निधिले समेत ति व्यक्तिहरुलाई सभ्य हुन खनिएका थिए ।

