प्रदेश २ को नाम र राजधानीका लागि समिति गठन – Jaleshwortoday

प्रदेश २ को नाम र राजधानीका लागि समिति गठन

 December 29, 2021  
Kriishi

जलेश्वरटुडे समाचारदाता
धनुषा, १३ पौष

प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवको सभापतित्वमा १६ सदस्यी समिति गठन गरिएको छ । सभामुख यादवले प्रदेशसभा कार्यसञ्चालन पहिलो संसोधन नियमावली २०७५ को नियम ७३(क) को उपनियम ९ र ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नाम र राजधानीको प्रस्ताव अध्ययन गर्न दलिय सहमतिको आधारमा समिति गठन गरेका हुन् । समितिको सभापतिमा सभामुख यादव, उपसभापतिमा उपसभामुख उपमा देव रहेका छन् । त्यस्तै सदस्यहरुमा उपेन्द्र प्रसाद कुशवाहा, किशोरी साह कमल, जगत प्रसाद यादव, दिलीप कुमार साह, परमेश्वर साह, विन्देश्वर प्रसाद यादव, सत्रुधन महतो, शारदा देवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्र कुमार यादव, संजय कुमार यादव, सावित्री देवी साह, शुन्दर बहादुर विश्वकर्मा र सुरीता साह रहेकी छिन् ।