नयाँ वर्ष मनाउन आएका पर्यटकले जनकपुरमा भिड – Jaleshwortoday

नयाँ वर्ष मनाउन आएका पर्यटकले जनकपुरमा भिड

 January 1, 2022  
Janaki

जलेश्वरटुडे समाचारदाता
धनुषा, १७ पौष

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ । इस्वी संवतको नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइचो लागेको छ । भगवानको दर्शन र पुजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस भन्ने अभिलाषाका साथ आएका पर्यटकहरुका कारण जनकपुर क्षेत्रमा चहलपहल बढेको छ । शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर , राममन्दिरलगायतका धार्मिक मठमन्दिरहरुमा पर्यटकहरुको भिड लागेको छ ।

May be an image of text

भारतीय गाडीहरुको चाप बढेको छ । महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरु अत्याधिक रुपमा जनकपुर आएका छन् । कोरोनाको कारणले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो । अहिले बिहार राज्यको मात्रै नभई अन्य प्रान्तबाट समेत जनकपुरमा पर्यटकहरुको भिड देखिएको छ । नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत राज्यबाट हजारौंको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन । त्यसैगरी, मौरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पर्यटक जनकपुरधाम आउने गरेको यहाँका होटेल व्यवसायी बताउँछनरु। नयाँ वर्षको अवसरमा भने बिहारसहित विभिन्न प्रान्तका पर्यटकहरु जनकपुर आएका छन । अहिले जनकपुरको होटलहरु पर्यटकले भरिभराउ भएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकी मन्दिरमा तिन चार वर्ष पछि यतिको संख्यामा पर्यटक आएको भन्दै खुशी व्यक्त गरे । अहिले भारतीय गाडीको चाप समेत अत्याधिक बढेको छ । भारत मध्य प्रदेशस्थित टिकमगढकी राज कुमारी वृषभानुकुमारीले नौं लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौंलखा मन्दिर पनि भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ । सिताको जन्मभूमि रहेको कारणले समेत धार्मिक पर्यटकहरु जनकपुर अत्याधिक रुपमा आउने गरेका छन् । तर नयाँ वर्षमा अहिले अत्याधिक रुपमा पर्यटकहरु आएका कारणले व्यापार र व्यवसाय समेत राम्रै चलेको छ ।