नागरिकताविहीन नेपाली समुुहले २५ पुसदेखि आन्दोलन गर्ने - Jaleshwortoday

Who invented crypto pokies

  1. 500 Rummy Online Uk: Table games have been a constant staple in casinos since time immemorial.
  2. Slots Gaming Australia - Yes, you can sign up at PartyPoker Casino.
  3. Deposit 2 Casino: Euphoria Wins supports various financial means that you can choose the most suitable for you.

Poker hands probability explained

Slot Million 7 By Red Rake Gaming Demo Free Play
The province launched that program in response to peoples unhappiness with other proposals for casinos.
Red Casino No Deposit Free Spins Bonus Codes
The game slot has 5 reels with 3 symbols on each of them.
Observe the action of the online table first before risking your own money.

Crypto Casino 2024 without deposit

Largest Native United Kingdom Casino In United Kingdom
In third place it is proud of it Live Casino.
Casino Affiliate Programs Uk
The casino continues to stay up to date with the latest gaming machines and software.
10 Cashback Bonus Online Casino

नागरिकताविहीन नेपाली समुुहले २५ पुसदेखि आन्दोलन गर्ने

 २१ पुष २०७८, बुधबार २२:२३  
Citizen

जलेश्वरटुडे समाचारदाता
धनुषा, २१ पौष

जन्मसिद्ध तथा एकल आमाका सन्तानहरुलाई नागरिकता दिन सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै नागरिकताविहीन नेपाली समूहका राष्ट्रिय अध्यक्ष ई. इन्द्रजित साफीले नागरिकता दिन सरकारसँग माग गरेका हुन् । कार्यक्रममा बोल्दै साफीले पुस २५ गतेभित्र आफूहरूको माग पूरा नभए आफ्नो अधिकार र पहिचानको लागि राष्ट्रियस्तरको आन्दोलन गर्नेपनि चेतावनी दिएका छन् । उनले भने, ‘सरकारले जसरी भन्छ आफुहरु त्यसरीनै प्रस्तुत हुनेछु । जबसम्म माग पुरा हुँदैन त्यत्तिबेलासम्म हामी आन्दोलन जारी राख्ने छौं ।’ साफीले एकपटक आफ्नो ठाउँमा उभिएर सोच्नसमेत सरकारलाई आग्रह गरेका छन् । आफुहरुको अन्तिम नारा भनेको नै ‘आफ्नो बुवा आमाले नागरिकता पाइसके, कि त हामीलाई मारिदिनुहोस् कि त नागरिकता दिनुहोस् । होइन भने हामी कुन देशका नागरिक हो उतै पठाइदिनुहोस्’ रहेको सुनाए । साफीले जुन आमाले ९ महिना कोखमा राखेर जन्माएको बच्चालाई उही आमाको नामबाट नागरिकता नदिईएको भन्दै सरकारप्रति गुनासो पोखे । ६ लाख ८० हजार भन्दा धेरै युवाहरुले आजसम्म नागरिकता नपाएको समेत उनले तथ्यांक सार्वजनिक गरे । अहिलेसम्म ज–जसले नागरिकता पाएका छन् उनीहरुले मात्र कसरी पाए ? यसको जवाफ सरकारले आफुहरुलाई दिनपर्ने उनको भनाइ छ । उनले मोटरसाइकलको लाइसेन्स, जग्गा पास गर्न, बैंक खाता खोल्न, सिमकार्ड लिन पनि नागरिकता आवश्यक हुने भएकोले नागरिकता नभएकै कारण धेरै समस्या पाइरहेको सुनाए । उनले भने,‘सरकारले हामीलाई अब कि तँ नेपाली होइनस भन्नुपर्यो होइन भने नागरिकता दिनुपर्यो । यसरी आफ्ना नागरिकहरुलाई समस्यामा राख्न भएन ।’ ई.साफीले जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएको पनि स्मरण गराए । त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँडलाई पनि यही समस्याबारे ज्ञापनपत्र बुझाईएको उनको भनाई छ । उनले नागरिकताबाट बञ्चित भएका पीडितको संख्या धेरै रहेको उल्लेख गर्दै लाखौं युवाहरुको नागरिकता नपाएर जिन्दगी बर्बाद भइरहेको जिकिर गरे । यसको जवाफ सरकारले दिनैपर्ने उनको भनाई थियो । उनले आफुपनि ईन्जिनियरिङ्ग अध्ययन सकेर बसेको तर नागरिकता नभएकै कारण कैयौं सेवा तथा सुविधाबाट बञ्चित भएको गुनासो गरे । पीडित साफीले सरकारले आफ्नो देशका नागरिकहरुलाई जसरी पनि नागरिकता दिन माग गरे । कति आमाको आफ्नो नागरिकता नभएको कारण बच्चाको जन्मदर्ता गर्न नपाएर धेरै बच्चाहरुले पढ्न नपाएको र शिक्षाबाट बञ्चित भएको उनले दुःखेसो पोखेका छन् । सरकारले सुनेरपनि नसुनेकोजस्तो र बुझेपनि नबुझेकोजस्तो गरेर झन् आफुहरु थप पीडित भएको उनले जनाए । देशभरिबाट नागरिकताबाट बञ्चित भएका साथीहरु एकजुट भएको उनले बताए ।
यही पुष २५ गतेदेखि संसद् भवन घेराउ, सिंहदरबारस्थित मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय घेराउ तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली र अन्य नेताहरुको निवास घेराउ गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।