संक्रमणको कारण माघ १५ गतेसम्म विद्यालय बन्द गर्न मन्त्रालयलाई सिफारिस – Jaleshwortoday

संक्रमणको कारण माघ १५ गतेसम्म विद्यालय बन्द गर्न मन्त्रालयलाई सिफारिस

 January 9, 2022  
Corona

जलेश्वरटुडे समाचारदाता
धनुषा, २५ पौष

सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्मका लागि विद्यालय बन्दको निर्णय गरेको हो । कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा रहेकाले निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेको उनले बताइन् । बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको छ ।