सम्पादकीयः धार्मिक लाभबाट चुक्दै जलेश्वर – Jaleshwortoday

सम्पादकीयः धार्मिक लाभबाट चुक्दै जलेश्वर

 October 10, 2026  

बाबा जलेश्वरनाथको नगरी जलेश्वर कुनै बेला जनकपुर अञ्चलको अञ्चलाधिसको कार्यालय हुने गर्दथे । पछि महोत्तरी जिल्लाको सदरमुकामको रुपमा समिटन गयो । जलेश्वरको विकासक्रमलाई हेर्ने हो भने विकासको ग्राफ माथि देखिनु भन्दा विस्तारै तलतिर नै गएको देखिन्छ । यसको पछाडी विभिन्न कारणहरु छन् जसमध्ये एउटा प्रमुख कारण चाहि धार्मिक चाडपर्वको लाभबाट चुक्नु पनि हो ।
आजदेखि वडादशैको पहिलो दिन घटस्थापना विधिवत रुपमा संचालन भएको छ । हिन्दु मूल्य मान्यता अनुसार घटस्थापना पूर्व कुनै पनि ठाउँ वा शहरको शक्तिपीठहरु ,माता दुर्गा तथा राजदेवीका स्थायी मन्दिरदेखि अस्थायी मन्दिरलाई समेत सजाई विशेष पुजाआजा गर्ने चलन रहेको छ । जलेश्वरको पुरानो जिल्ला अदालतदेखि उत्तरमा रहेको पुरानो राजदेवी मन्दिर छेउँमै रहेको पोखरीको पानीले केहि दिन अगाडी मन्दिरको आधा भाग डुबेको थियो । जलेश्वरको यो राजदेवी मन्दिर पुरानो तथा ऐतिहासिक रहेकोले यस मन्दिरलाई यस किसिमको समस्याबाट स्थायी रुपमा बचाउन स्थायी समाधान गर्न स्थानीय सरकार तथा सम्बन्धीत सरोकारबालाहरुले समयमै ध्यान दिन जरुरी छ । साथै जलेश्वरलाई आर्थिक रुपमा सबल बनाउन धार्मिक लाभ लिन सक्नु पर्दछ । यसको लागि सस्तो बजारको संचालन,आवश्यक खेल सामाग्रीहरुको व्यवस्थापन,स्थानीय मन्दिरहरुको सजावट,स्थानीय उत्पादनको प्रदर्शनी,स्थानीय साँस्कृतिक नृत्य प्रतियोगिता,सरसफाई तथा युवा सहभागिता जस्ता क्रियाकलापहरु संचालन गराई स्थानिय चाडपर्वबाट समेत आर्थिक लाभ लिनबाट पछाडी पर्नु हुदैन । यसको लागि स्थानीय सरकार,उद्योग वाणिज्य संघ तथा स्थानिय व्यापारीहरुको सक्रियता हुनु पर्दछ ।