यस वर्ष रसुवागढी र कालिगण्डकीमा आएको भिष्ण बाढीका कारण यस वर्षको दशैं खल्लो रहने अनुमान गरिएको छ । अहिलेसम्म सबै भन्दा बढी जनधनको क्षति रसुवागढीको बाढीले गरेको तथ्याँक छ । घट्स्थापनाको एक दिन अगाडी गोरखा नजिक आएको लेदो सहितको बाढीले समेत नेपालीको मनमा फेरी पनि डर तथा चिन्ता पैदा गरेको देखिन्छ । जमरा थाप्ने दिन पनि कैयौ नेपाली घरबाट बेघर भएका छन् भने कतिले ज्यान समेत गुमाएका छन् ।
यस प्रतिकुल परिस्थितिमा सबै नेपालीले भरसक आ—आफ्नो ठाउँबाट सहयोग तथा सदभाव बढाउन आवश्यक रहेको देखिन्छ । गोरखामा आएको बाढीले झ्न रसुवागढी बाढी पछि नेपाली जनतामा दुःख थपेको छ । नेपाल भौगोलिक रुपमा धनी भए पनि प्राकृतिक बिपदाबाट बच्न सकेको छैन भने यसबाट बचाउने समेत आवश्यक संयन्त्रको विकास तथा कार्यान्वयन गर्न गराउन जरुरी देखिन्छ ।
नेपालीको सबैभन्दा ठूलो जनआस्थाको राष्ट्रिय पर्व दशैं नै हो । अहिले कति घरमा मान्छ मरेको छ कतिको घर नै बगेको छ । यस परिवेशमा दशै मनाउन साहै्र गाह्रो छ । सधै खुशियालीका साथ मनाइने दशै यस वर्ष अभाव तथा दुःखका साथ मनाउनु पर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । यो सबै भगवानको रचना हो । यसलाई सबैले स्वीकार गर्नै पर्दछ । नेपाल सरकारले समेत यस वर्ष ज्यादै नै समस्या खेपे पनि यस परिस्थितिको व्यवस्थापनमा हदै सम्मको प्रयास गर्नु पर्ने आवश्यकता रहेको देखिन्छ ।
