जलेश्वरटुडे समाचारदाता
सिरहा, ५ माघ




सिरहाको लहानमा नेपाल सद्भावना पार्टी(नेसपा)ले बुधबार बलिदानी दिवसको अवसरमा भव्य रैली सहित वीर सहिद प्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

यस अवसरमा लहानमा महोत्तरी,धनुषा,सिरहा र सप्तरीको नेसपाका नेताहरु पुगेर भव्य रुपमा बलिदानी दिवस मनाएका छन् ।























वीर शहिद अमर रहे,माघ ५ गते बलिदानी दिवश याद रहे,मधेश विरोधी सरकार होशियार सहितको नारा लगाउदै लहानको मुख्य शहरको भव्य रैलीका साथ परिक्रमा गरी शहिद चौकमा आएर कोण सभामा परिणत भएको थियो ।


शहिद रमेश महतो लगायत अन्य शहिदहरुको प्रतिमामा के.अध्यक्ष रामकुमार महतो,उपाध्यक्ष श्रीवति भेडिहर,डा.मिश्रि मण्डल,महासचिव नागेन्द्र सिंह,प्रवक्ता पवन कुमार साह,के.सदस्य विरेन्द्र महतो,बुधन साह,धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्ण,युवा सञ्जालको अध्यक्ष राज कुमार चौधरी लगायतका नेता तथा नेतृहरुले अविर लगाई माला लगाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रथम मधेसी वीर शहिद रमेश महतोको बुबा रवि महतोलाई माला लगाई खुट्टा ढोगी सम्मान गर्नुको साथै नेसपाका नेताहरुलाई आफ्ना छोरा सरह मान्न के.अध्यक्ष महतोले आग्रह गर्नुभयो ।






मन्तब्यको क्रममा प्रवक्ता साहले सिरहाको क्रान्तिकारी रमेश महतोको बलिदानी भूमिमा आज नेसपाको गर्जनले मधेसीहरुको अधिकार प्राप्तिमा सहयोग गर्ने बताउनुभयो । रमेश महतोको बलिदान व्यर्थ नजाने वहाँले थप्नुभयो ।



त्यसैगरी के.अध्यक्ष महतोले मधेसी नेताहरुले रमेश महतो जस्तो मधेसीहरुलाई शहिद गराएर महिला जस्तो व्यवहार गर्नु आपत्तिजनक रहेको आरोप लगाउनुभयो ।

वहाँले शहिद रमेश महतोको बलिदानलाई नेसपाले सदैब याद राख्ने बताउनुभयो । मधेसी नेताहरुले नाताबाद क्रिपाबादबाट गरेको राजनीति अब नचल्ने चुनौति दिनुभयो । मंगलबार सयौं युवा तथा नवप्रवेशीहरुलाई प्रशिक्षण दिइएको थियो ।

