मिथिला माध्यमिकी परिक्रमा आज सातौं दिन कञ्चनवनमा,भंगहा न.पा.मा बिदा – Jaleshwortoday

मिथिला माध्यमिकी परिक्रमा आज सातौं दिन कञ्चनवनमा,भंगहा न.पा.मा बिदा

 March 10, 2022  
Mela

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ फागुन

मिथिला माध्यमिकी परिक्रमा यात्रीहरुको स्वागतका लागि महोत्तरीको भंगहा नगरपालिकाले नगरभित्र बिहीबार सार्वजनिक बिदा दिएको छ ।

May be an image of 3 people, child and text that says '"Wish You Very Happy New Year 2078" GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL Janakpurdham-12, East to Machhapalan (Airport Road) ADMISSION OPEN (PG TO Above Classes) (With Hostel) YOUR DREAMED SCHOOL For Online gyangangaipstc Regn.:-www.gyangangaipstc.edu.np edu.np A School Which Involves Students In Project Work Contact: 9844027971, 9824877627'
मिथिला मध्यमा परिक्रमा अन्तर्गत सातौं दिन भंगहा–९ स्थित कञ्चनवनमा परिक्रमा यात्रीको टोली पुग्नेभएपछि स्वागतमा सार्वजनिक विदा दिइएको हो । १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सातौं दिन बिहीबार कञ्चनवनमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक बिदा दिइएको नगरप्रमुख संजिव साहले जानकारी दिए । बिहीबार भंगहा नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य चौकी (इमरजेन्सी सेवाबाहेक), विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने सूचना जारी गरिएको छ । कञ्चनवनमा प्रत्येक वर्ष ‘कञ्चनवन होली महोत्सव’को आयोजना हुँदै आएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान गरेपछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । यस अघि महोत्तरीकै मटिहानी नगरपालिकाले परिक्रमा यात्रीहरुका लागि सार्वजनिक विदा दिएको थियो ।