जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ फागुन

मिथिला बिहारी नगरपालिका अन्तर्गत भुतही वडा नं.—१ मा शुक्रबार नेपाल

सद्भावना पार्टीको नगर संयोजक गंंगा यादवको अध्यक्षता तथा नेसपा केन्द्रीय

अध्यक्ष राम कुमार महतोको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम समपन्न

भएको छ । सो कार्यक्रममा भुतही गाउँका १ सय ५० जना भन्दा बढी जनसमुदायले

विभिन्न पार्टीहरु परित्याग गरी नेसपामा प्रवेश गरेका थिए । पुराना नेता तथा

कार्यकर्ताहरुले आफ््नो सदस्यता नविकरण गरेका थिए । प्र्रमुख अतिथि

महतोले नवप्रवेशी तथा पुराना कार्यकर्ता नेताहरुलाई टीका तथा माला लगाई

सम्मान गर्नुभएको थियो । १ मिनेटको वीर शहिद प्रति सम्मानको लागि मौन

धारण गरी कार्यक्रमको शुरुवात गरिएको थियो । सर्वप्रथम स्वागत मन्तब्य धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्णले राख्नुभयो । त्यसैगरी नेसपा हँसपुर न.पा.

अध्यक्ष रामचन्द्र्र भण्डारी,धनुुषा जिल्ला सदस्य सरीता राउत,केन्द्रीय सदस्य राजकुमार चौधरी,केन्द्रीय उपाध्यक्ष डा.मिश्रि मण्डल तथा के.अध्यक्ष महतोले

नेपाल सद्भावना पार्टीको आवश्यकता तथा महत्वको बारेमा बिचार राख्नुभयो । सबै नेता कार्यकर्ताहरुलाई पुरानो र मधेसी एक मात्र पार्टी नेसपामा आउन आग्रह

गरिएको थियो ।नेसपा मिथिला बिहारी नगर सदस्यहरु सियाराम साह,जितन दास,सुनिता साह,सुनिता दास,राम सागर साह,प्र्रभु साह र पदम दासको समेत

सहयोग र विशेष सहभागिता रहेको थियो । हजारौ जनसमुदायको वीच कार्यक्रम

संचालन भयो । कार्यक्रम संचालन नेसपा के.प्रवक्ता पवन कुमार साहले गर्नुभएको थियो ।


