२०७८ को भकचोन्हर लोसपा नेता भण्डारी – Jaleshwortoday

२०७८ को भकचोन्हर लोसपा नेता भण्डारी

 March 17, 2022  
BK

 

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २ चैत्र

होलिको अवसरमा महोत्तरीको जलेश्वरमा फगुआ फुर्रर् दंग एवं भकचोन्हर सम्मान २०७८ कार्यक्रमबाट लोसपा नेता शरत सिंह भण्डारीलाई भकचोन्हरको सम्मान दिइएको छ ।
कार्यक्रममा विभिन्न कवि,पत्रकार,नेता,नेतृ तथा स्थानियहरुको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष मिथिला साँस्कृतिक विकास केन्द्र महोत्तरीद्वारा मनाइने यो कार्यक्रम जलेश्वरको दुर्गा चौकमा आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न कवि तथा कवियित्रीहरुले होलिको गीत,गजल,मुक्तक तथा आफ्ना साँगीतिक विचारहरु राखेका थिए । कार्यक्रममा लोसपाको भुपूू राज्यमन्त्री अभिराम शर्मा,प्रदेश सभा साँसद रानी शर्मा,जलेश्वरनाथ नगर प्रमुख रामशंकर मिश्र,मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डल लगायत भारतका कवि समेतको उपस्थिति रहेको थियो । वक्ताहरुले होलिको शुभकामना समेत राखेका थिए । कार्यक्रमको जोगीरा गायनले जलेश्वर नगरलाई नै तताएको थियो । कार्यक्रमको अगुवाई तथा संचालन मनोज झा मुक्तिले गरेका थिए ।