मधेश सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतले पारित – Jaleshwortoday

मधेश सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतले पारित

 April 13, 2022  
JR

जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ चैत्र

मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतले पारित भएको छ ।मंगलबार बसेको प्रदेशसभा बैठकबाट दुबै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिएकी हुन् । प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा विधेयक ल्याइएको थियो । दुबै अध्यादेश प्रदेशसभाबाट पारित भएपछि प्रदेशसभा बैठक २ बजेर ३० मिनेटसम्मका लागि स्थगित भएको हो ।