" >
ग्याँसको कालोबजारी बन्द गर - Jaleshwortoday

ग्याँसको कालोबजारी बन्द गर

 १९ बैशाख २०७९, सोमबार ०३:५३  
Jaleshwor Today Editorial

अहिले खाना पकाउने एलपी ग्याँसको व्यापारीहरु मूूल्य बढने आशमा ग्याँसको लुकाउने कार्य गर्न थालेको बुझिएको छ । अहिले नेपाल आर्थिक मन्दीको चपेटामा पर्न थालेको तथा अति मूल्यबृद्धिले सामान्य जनताको जनजिवन कष्टकर बन्दै गएको सर्वविदितै छ । सरकार ग्याँसको आपूर्तिमा समेत ध्यान दिइरहेको बखतमा साना व्यवसायीदेखि ठूला व्यवसायीहरु ग्याँसको कृत्रिम अभाव सृजना गरी मूल्य बढाउने उद्देश्यले कालोबजारी गर्न थालेको बुझिएको छ । यसले कार्यबाट सामान्य जनता खाना पकाउनमा कठीनाई महसुस गर्नुुका साथै ग्याँसको आपूर्तिले ग्याँस आतंंक मच्चिएको देखिन्छ । यसको नियन्त्रण तथा रोकथामको लागि तीनै तहको सरकारले संबेदनशील भएर ग्याँसको आपूर्ति वा बेचबिखिनमा कालोबजारी गर्ने व्यवसायीको लाइसेन्स जफ््त गर्नुका साथै कारबाही अगाडी बढाउन जरुरी छ ।