उम्मेदबारहरुले धैर्यता राख्न जरुरी – Jaleshwortoday

उम्मेदबारहरुले धैर्यता राख्न जरुरी

 May 19, 2022  
Jaleshwor Today Editorial

स्थानिय निकायको चुनाव यहि बैशाख ३० गते समपन्न भइसके पनि अहिलेसम्म उम्मेदबारको मतगणना जारी नै रहेकोले उम्मेदबारहरुलाई लामै प्रतिक्षा गर्नुपर्ने भएको छ । मतगणनालाई तिब्र्र गर्न गराउन आवश्यक रहेको देखिन्छ । अहिले पनि उम्मेदबारदेखि उनका समर्थकहरु पूर्णरुपमा आ—आफ्ना काममा समर्पित हुन सकेका छैनन्् किनभने सबैलाई आफ्ना नेताको नतिजाको पर्खाई रहेको छ । अहिलेसम्म पालिकाहरुमा केहि वडाहरुको मतगणना पुरा भएका छन् भने प्रायजसो वडाहरुको मतगणना बाँकी नै रहेकोले यो गणना महिनौ लम्बिने चिन्ता बढेको देखिन्छ उम्मेदबारहरुको । मतगणनामा तिब्रता बढाउनको लागि मत गणनकहरुको संख्यामा बृद्धि गर्न गराउन सकिन्थ्यो । पछिल्लोपटक मतगणना गर्नको लागि कम्प्युटरको प्रयोग गरिए पनि केहि वर्षदेखि यसलाई प्र्रयोगमा नल्याउनु यान्त्रिकरणलाई लत्याउनुु झै भएकोेले यसमा सुधार गर्न गराउन आवश्यक छ । अहिले विश्व नै डिजिटल तथा यान्त्रिक भईसकेको परिवेशमा नेपाललाई पनि डिजिटल तथा प्रविधियुक्त बनाउनमा सबै सरोकारबालाहरुको समयमै ध्यान केन्द्र्रित हुन आवश्यक रहनुका साथै उम्मेदबारहरुले थप धैर्यता राख्न जरुरी छ  ।