विद्यालयमा आइतबार विदा घातक – Jaleshwortoday

विद्यालयमा आइतबार विदा घातक

 May 22, 2022  
Jaleshwor Today Editorial

नेपाल सरकारले विद्यालय लगायत देशभरीका सरकारी निकायमा २ दिन शनिबार र आइतबार विदा दिने निर्णय जेष्ठबाट लागु गरिसकेका छन् । यस परिवेशमा अहिले अन्य क्षेत्रमा जस्तोसुकै वातावरण रहे पनि अहिले शैक्षिक क्षेत्रमा गन्थनमन्थन शुरु भइसकेको छ । अहिले नेपाल सरकारको अनुसार सालभरीमा १६० दिन मात्र काम गर्ने दिन दिइएको छ भने २०५ दिन विदा दिइएको छ । अव १६० दिनमा विद्यालयमा पठनपाठन देखि विद्यार्थीहरुलाई विषयहरु तयारी गर्न गराउन मुश्किल रहेको विज्ञ तथा शैक्षिक सल्लाहकारहरुका रहेका छन् । त्यसकारण शिक्षालाई अर्थसँग दाज्नु तथा आर्थिक बचत गर्नको लागि शिक्षा क्षेत्रलाई संंकुुचित गर्न खोज्ने प्र्रयास सर्वथा निरर्थक तथा अव्यवहारिक रहेकोले स्वास्थ्य क्षेत्र झै शिक्षा क्षेत्रलाई आइतवार खुल्ला राख्नु समयानुसार उचित हुने देखिन्छ । आर्थिक क्षेत्रलाई सुुधार गर्न बिदा नै अन्तिम विकल्प नभएकोले यसबारे चिन्तन गर्न अझै जरुरी छ ।