प्रायजसो वर्षातको बेलामा चट्याङ््ग खस्ने गर्दछ । यो भनेको एउटा प्राकृतिक विपदा नै हो । किनभने यो आकाशमा मेघ गर्जन सहित बिजुली झै चम्केर जमिनमा आगोको डल्लो झै खस्ने गर्दछ । योे खस्ने ठाउँ वरिपरी जलेको निशान पाइन्छ भने मान्छे वा जनावरको जिउमा पर्दा अंगभंग हुने वा जिउ नै जलेर कुरुप भएको वा मृत्यु भएको पाइएको छ । यसले गर्दा मानवीय क्षतिदेखि अन्य जनधनको समेत क्षति पुर्याउने गर्दछ । त्यसकारण चट्याँङ््गदेखि साबधान रहन जरुरी छ । साबधानी अपनाउने क्रममा पानी परेको बेलामा छिटोछिटो सुरक्षित ठाउँमा पुग्ने प्र्रयास गर्नुपर्दछ । रुख वा कुनै पनि विरुवाको नजिक लुक्ने वा बस्नुु हुदैन । किनभने चट्याँङ््ग रुख वा विरुवामाथि खस्ने बढी सम्भावना रहेको हुन्छ । बिजुली चम्किदा वा मेघ गर्जन हुँदा दुबै हातले दुबै कान थुन्नुको साथै आँखा समेत बन्द गरेर बस्नुपर्दछ । पानी परिरहेको बेला बिजुली चम्किदा गाडी वा र्पदल हँुदा तुरुन्त रुकेर सुरक्षित ठाउँमा शरण लिनुपर्दछ । यो एउटा प्राकृतिक बिपदा भएकोले यसलाई रोक्न सकिदैन तर हामी यसबाट बच्नको लागि विभिन्न जतन तथा उपाय अपनाउन सक्छौं ।
