आयात भन्दा निर्यातमा ध्यान देऊ – Jaleshwortoday

आयात भन्दा निर्यातमा ध्यान देऊ

 July 12, 2022  
Jaleshwor Today Editorial

नेपालको समग्र आर्थिक अवस्था कमजोर तथा महँगी नियन्त्रण भन्दा बाहिर देखिएकोले यहाँ पनि श्रीलंका जस्तो अवस्था हुन सक्ने आशंका बढ्न थालेको छ । यसको प्र्रमुख कारणको रुपमा नेपालको प्र्रायजसो आयात बढी तथा निर्यात न्यून रहेको बुझिन्छ । जबसम्म यहाँको तिनै सरकारले आत्म निर्भरमुखि योजना लागु गर्दैन तबसम्म नेपाल आत्म निर्भर हुन सक्दैन । त्यसको लागि यहाँको युवा देखि अन्य वर्गका व्यवसायिहरुलाई सहज रुपमा तालिम प्रदान गरी लगानी गर्न समेत सहुलियतमा पूँजी उपलब्ध गराउन सबै तहबाट पहल हुन जरुरी छ । तर देशको बिडम्बना के छ भने यहाँ कुुनै पनि सरकारले मूल कुरा बुझ्नै चाहेको छैन । यहाँ जनता महँगी तथा समानहरुको अभावमा दम तोड्ने बाध्यात्मक परिवेशमा छन्् । किसानहरु समयमै खाद्य नपाएर खेति गर्न असमर्थ छन् । तर यहाँ निर्माण गर्न तथा तालतलैया सजाउनमै यहाँको सबै निकाय व्यस्त देखिन्छ । हुनु पनि स्वभाविक हो,किनभने वहाँहरुलाई कमी र महँगीको महसुस नै हुदैनन् । त्यसकारण यदि साँचै नै देशलाई आर्थिक रुपमा सबल पार्दै देश विकास गर्ने हो भने अहिले उत्पादन तथा निर्यात बृद्धिमा अबिलम्ब ध्यान दिनुपर्छ ।