गर्मीको चाप बढेको बढै छ । असहय गर्मीको कारण यहाँको जन जिवन कष्टकर बन्न पुगेको छ । असहय गर्मीकोे कारण घर बाहिर निस्कन अप्ठयारो भएको छ । कामको प्र्रकृति तथा दैनिक रुपमा आफ्नो छाक टार्नको लागि जस कसैलाई पनि यस्तो गर्मीमा समेत काम गर्न मजबुर रहेको बुझिएको छ । सरकारी विद्यालयहरु तथा नीजि विद्यालयहरुमा समेत गर्मी बिदा दिइए पनि गर्मीबाट बच्न कुनै पनि तहको सरकारबाट गर्मीबाट बच्नको लागि नीति तथा निर्देशन आएको छैन । यस्तो प्रचण्ड गर्मीको बखतमा विद्युत प्राधिकरण पनि लाइन काटिदिएर घाउँमा नुन छर्कने काम गरेको देखिन्छ । यतिखेर स्थानिय निकाय पनि चुप्प लागेको देखिन्छ । कम्तीमा स्थानिय पालिकाहरुले बाटोमा पेय जलको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । अनावश्यक घरबाट बाहिर निस्कनबाट रोक लगाउनु पर्दछ । प्रदेश सरकारले गर्मीबाट बच्न तथा यसको बैकल्पीक बाटो सन्दर्भमा जनचेतना फैलाउन माइकींग गर्न गराउन आवश्यक रहेको देखिन्छ । यस वर्ष खडेरीको पूर्व संकेत देखा परेको कारण किसान तथा सम्बन्धीत सरोकारबालाहरुको लागि समयमै बैकल्पीक उपाय तथा आवश्यक स्रोत साधनको उपलब्धता तथा व्यवस्थापन बारे ध्यान दिन आवश्यक रहेको देखिन्छ ।
