नागरिकता विधेयक प्रमाणिकरण होस् – Jaleshwortoday

नागरिकता विधेयक प्रमाणिकरण होस्

 August 9, 2022  
Jaleshwor Today Editorial

नेपाल सरकारको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई सभामुख समेतले हस्ताक्षर गरिसकेपछि पनि नागरिकता विधेयक अहिलेसम्म राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रमाणिकरण नहुुनुु मधेस र मधेसीहरुमाथि ठूलो षडयन्त्र भएको देखिन्छ । विपक्षी कथाकथित दलहरुले राष्ट्रपति समक्ष नागरिकता विधेयक प्रमाणिकरण नगर्न ज्ञापनपत्र दिएपछि राष्ट्रपति भण्डारीले प्रमाणिकरण कार्य रोकेको स्रोतबाट बुझिएको छ । जब नेपाली महिलाले भारतमा बिहे गर्ने बित्तिकै भारतिय आधारकार्ड तथा रासन कार्ड सहजै पाउने व्यवस्था भए पनि नेपालमा बिहे हुने भारतीय महिलालाई नेपालको नागरिकता पाउन किन जटिलता तथा विपक्षी दलहरुको अनाधिकृत नागरिकता पाउने आशंका ? नेपाल भारतको सम्बन्ध सदियौंदेखि बेटीरोटीको रहेको छ । त्यसकारण विरोधी दलहरुलाई आफ्नो ज्ञापनपत्र फिर्ता लिनु नै बुद्धिमानी देखिन्छ । नागरिकताबिहीनहरुका नेपाल भरीमा कैयौ समस्याहरु छन् जसको समाधान हुनु मौलिक अधिकार हो ।