राष्ट्रपति भण्डारीले मधेसी जनतामाथि अन्याय गर््योःनेसपा – Jaleshwortoday

राष्ट्रपति भण्डारीले मधेसी जनतामाथि अन्याय गर््योःनेसपा

 August 15, 2022  
pp

जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ श्रावण

राष्ट्रपतिले संघीय संसद्को दुवै सदनबाट पारित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेकोमा नेपाल सद्भावना पार्टीले गम्भीर आपत्ति जनाएको छ । विधेयकमा नागरिकता प्राप्ति सम्बन्धी कुन विषय संविधानसँग बाझिएको वा कहाँनेर संघीय संसद्ले पुनर्विचार गर्नुपर्ने प्रस्टै नपारी स्पष्ट सन्देश रहित अवस्थामा अकारण विधेयकलाई यसरी फिर्ता गरिनु प्रति पार्टीले आपत्ति जनाएको हो । पार्टी अध्यक्ष राम कुमार महतोले भनेका छन्, ‘संविधानअनुसार प्रमाणीकरणको हद अवधिसम्म थन्काएर राखी गरिएको यो कारबाही मधेसीहरु प्रति अन्याय हो । त्यसैगरी नेसपाको केन्द्रिय सदस्य तथा पूर्व मन्त्री सरिता गिरीले समेत जनकपुरधाममा केन्द्रिय कार्य समितिको बैठकको सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको यो निर्णय मधेसी,थारु,जनजाति, आदिबासीहरु तथा नागरिकता नपाएकाहरुको लागि पक्षपाति हो । यसको जवाफ पिडीत पक्षले दिनुुपर्छ,वहाँले भन्नुुभयो ।