आर्थिक स्रोत सुनिश्चितता बिनाको योजना, जलेश्वरमा पर्यटक लोभ्याउन सक्ने भार्गवसर सौन्दर्यकरण योजना अलपत्र - Jaleshwortoday

Best odds in winning roulette

  1. Free Daily Spins Online Canada Casinos: Players can withdraw their deposited money before the wagering requirements are met but in doing so the bonus will expire.
  2. Newest Casino Online - When you win them, the spins start automatically at your bet, and though you don't pay for these spins, you receive all the money you win.
  3. Tsi Casino No Deposit Bonus Codes For Free Spins 2025: If youre lucky enough, big wins will roll in.

Caesars crypto casino online review

Shaftesbury Casino West Bromwich Opening Hours
Rick and Morty slot machine offers a variety of features like free spins, wilds and cascading reels.
Zapateira Casino No Deposit Bonus 100 Free Spins
After that, you can begin to place one of the following bets on horses.
While the same pattern holds regarding most of the states, Texas seems to be an exception.

Tiket blackjack

21lyckybet Casino Review And Free Chips Bonus
All in all, I would strongly advise any players from visiting Casino Venetian.
Slot John Hunter And The Quest For Bermuda Riches By Pragmatic Play Demo Free Play
It has a loyalty program with regular rewards for frequent players and we found that the app and desktop platforms are both extremely fluid without long load times.
Canada No Deposit Free Spins 2025

आर्थिक स्रोत सुनिश्चितता बिनाको योजना, जलेश्वरमा पर्यटक लोभ्याउन सक्ने भार्गवसर सौन्दर्यकरण योजना अलपत्र

 २ भाद्र २०७९, बिहीबार ०५:२१  
pp

राकेश प्रसाद चौधरी
महोत्तरी, १ भाद्र्र

जलेश्वर नगरपालिका कार्यालयले समयमै आर्थिक दायित्व पूरा नगदा पुष मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको भार्गवसर पोखरी सौन्दर्यकरण तथा पार्क निर्माण योजना अलपत्र परेको छ । पर्यटन मन्त्रालयको ६५ तथा जलेश्वर नगरपालिकाको ३५ प्रतिशत आर्थिक साझेदारीमा शुरूवात गरिएको यो योजना अलपत्र छ । योजनास्थल र बजेटबारे जानकारी प्राप्त गर्न सकिने सूचना बोर्ड समेत छैन । गत असोज महिनामा तामझामका साथ पर्यटन मन्त्रालय तथा जलेश्वर नगरपालिकाको साझेदारीमा संचालित दुईबर्षे यस योजनाको शिलान्यास लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष तथा महोत्तरी क्षेत्र नम्बर ३ का सासंद महन्थ ठाकुरले गरेका थिए ।जलेश्वर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष बरुण कुमार दहाल भन्छन् ,‘शिलान्यास गर्ने ठाकुरजी कै पार्टीका तत्कालिन मेयरले गत आर्थिक बर्षमा नगरपालिकाबाट थप्नुपर्ने ३५ प्रतिशत रकम नराख्दा योजना नै उलपत्र पर्यो । हामीले यो आर्थिक बर्षमा रकम राख्न लगाइसकेका छौं ।भ्याटसहित ६ करोड ७० लाख ५४ हजार ५ सय ७८ रुपैयामा भार्गवसर पोखरी सौन्दर्यकरण तथा योजना निर्माणको ठेक्का सिएम सुपेरियर श्री भगत जेभी कम्पनीले पाएपछि दु्रतगतिमा काम गरिएको ठेकेदार प्रतिनिधि विकास कुमार भगत भन्छन् । शिलान्यास भएको तीन महिनापछि तत्कालिन मेयर रामशंकर मिश्रले योजनास्थलको अवलोकन गरेका थिए । भगत भन्छन् ,‘काम दु्रत गतिमा भइरहेको थियो । रुख कटान तथा दक्षिण र पश्चिमतर्फ पर्खाल लगाउने काम गरिएपनि ठेक्का अनुसार थप रकमबारे नगरपालिका मौन बस्यो ।’यस योजनाका लागि पर्यटन मन्त्रालयले पठाएको ८० लाख रुपैया मात्र ठेकेदार पक्षले प्राप्त गरेको छ’,भगत भन्छन्,‘नगरपालिका कार्यालयले गतबर्ष आन्तरिक स्रोतबाट बाँकिको रकम तिर्ने आवश्वासन दिएपनि काम अनुसारको भुक्तानी नगर्दा काममा सिथिलता आएको हो।’ पोखरीको डिलमा पूर्वतर्फ रहेको कव्रगाह(मुस्लिम समूदायकोे अन्त्येष्ठि गर्ने स्थल) र उत्तरतर्फ रहेको समसान(हिन्दु समुदायको अन्त्येष्ठि गर्ने स्थल) रहेकोले नेताहरू योजना तुहाउन लागेको आरोपबारे वडाअध्यक्ष दहाल भन्छन,‘पोखरीको चारैतिर घुम्न सकिने पार्क बन्छ ।
दुवै समुदायको अन्त्येष्ठि स्थलको पनि सम्बोधन हुने भएकोले त्यहाँ कुनै पक्षबीच विवाद छैन’ भार्गवसर पोखरी सौन्दर्यकरण तथा पार्क निर्माण योजनाभित्र चार बिग्हामा रहेको पोखरी तथा तीन बिग्हामा रहेको डिलमा बालबालिका खेल्ने पार्क, मर्निङ्ग वाकको लागि फुटपाथ, पिकनिक स्थल, खेल मैदान, हिन्दु र मुस्लिम समूदायको अन्त्येठि स्थल, पार्किङ्ग स्थल, छठ घाट, मुर्ती क्षेत्र, सार्वजनिक शौचालयसहितको निर्माण कार्य रहेको ठकेदारका प्रतिनिधि भगत भन्छन् । समयमै बजेट निकासा भए असार मसान्तसम्ममा कार्यसम्पन्न गर्न सकिने जानकारी उनले दिएका छन् ।जलेश्वर नगरपालिकाका मेयर एवं जनता समाजवादी पार्टी नेपालका नेता सुरेश साह सोनारले आन्तरिक स्रोतबाट खर्च हुने गरि भार्गवसर सौन्दर्यकरण र पार्क निर्माणमा थप्नुपर्ने ३५ प्रतिशत रकम छुट्टाइएको बताउँछन् । गत आर्थिक बर्षमा तत्कालिन मेयर मिश्रले यसै शिर्षकबाट साझेदारी रकम चुक्ता गर्ने सुनिश्चिता गरेपनि ठेकेदार पक्षलाई रकम भुक्तानी नगर्दा योजना अलपत्र परेको आरोप लाग्ने गरेको छ । नगरपालिकाले आर्थिक स्रोतको सुनिश्चिता बिना साझेदारी कार्यक्रमका लागि सम्झौता गरेर ठेक्का लगाउने र बीचमै योजना अलपत्र पार्ने समस्याले जलेश्वरको विकासले गति समात्न नसकेको आरोप नागरिक समाजका गोपाल प्रसाद साहको छ ।
सेभ जलेश्वर अभियानले पु¥याएको योगदान
अहिले भार्गवसर पोखरीमा कमलको फुल फूल्न छोडेको छैन ।पश्चिम डिलमा घाट, भृगु ऋषिको प्रतिमा, श्रीयन्त्र, रामजानकी कुटी, शनिदेवको मन्दिर तथा सुन्दर इनार छ । जर्जर र दयनीय अवस्थामा रहेको घाट, इनार र रामजानकी मन्दिरको संरक्षणमा सेभ जलेश्वर अभियानको मुख्य भूमिका रहेको दाबी अभियानी गर्जेन्द्र गुप्ता गर्छन् ।‘चन्दा संकलन एवं सशस्त्र प्रहरीको श्रमदानमा घाट जिर्णोद्वार,रामजानकी कुटी मर्मत गरिएको थियो’,गुप्ता भन्छन्,‘तत्कालिन जिल्ला विकास समितिको सहयोगबाट इनार जिर्णोद्वार तथा भू संरक्षण कार्यालयको सहयोगबाट घाट पोखरी सरसफाई एवं जिर्णोद्वार गरिएको थियो ।’ जलेश्वर नगरपालिका कार्यालयले यस ठाउँलाई बेबास्ता गरेपछि सेभ जलेश्वर अभियानीले संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको स्थानीय रंजित राउत बताउँछन् । उनी भन्छन्,‘स्थानीय तहको निर्वाचनपछि अभियानीहरूको काममा रोक लगाउन बृहत्तर जनकपुर क्षेत्र विकास परिषद भन्ने संस्थाले एउटा बोर्ड नै झुण्डाएको थियो ।’भर्गवसर पोखरी एवं राजजानकी मन्दिरको संरक्षण गर्ने योजना भन्दा अनावश्यक कामहरू गर्न लाग्दा आफूले बिरोध गर्दा सांसद र तत्कालिन मेयरले पक्राउ गराएको महन्थ सुकेश्वर दास बताउँछन् । उनी भन्छन्,‘प्रमाण मसँग रहेकोले थुनामुक्त त भए तर अनावश्यक काम रोक्न कसैले सहयोग गरेन् । पौराणिक प्रतिमा तथा मन्दिरको अस्तित्व जोगिने गरि हुने कुनै पनि विकास कार्यको म बाधक हुने छैन ।’
भार्गवसर पोखरीको नामाकरण र इतिहास
भार्गवसर पोखरीको दक्षिण पश्चिम कुनामा एउटा सानो घाट पोखरी छ । यो पोखरीको जल नुहाउन तथा रामजानकी कुटीमा पुजापाठका लागि प्रयोग हुने गरेको महंथ दास भन्छन् । मिथिला महात्म्यमा मिथिलाको ७२ धार्मिक कुण्ड(पोखरी) मध्ये भार्गव सर पनि एउटा रहेको उल्लेख छ । पोखरीको महत्वलाई जीवन्त बनाउन १९९५ सालमा दाताहरूकै सहयोगमा घाट, भार्गव(भृगु)ऋषिको प्रतिमा तथा कुटी निर्माण भएको उनी भन्छन् । सप्त ऋषिमध्येका एक भृगु ऋषि ब्रम्हाका पुत्र थिए । राजा निमिको यज्ञ गराउन ऋषि गौतमको समूहमा भृगु ऋषि समेत सहभागी थिए । वहाँकै लागि भृगु सरोवर निर्माण गरिएको धार्मिक ग्रंथहरूमा उल्लेख रहेको गोपाल झा बताउँछन् ।उनी भन्छन्,‘आफूबाट यज्ञ नगराएको र भेट्न समेत अस्विकार गरेको निहुँमा ऋषि बशिष्ठले निमिलाई विदेह(शरीर बिहीन) को श्राप दिएका थिए । सो समयमा ऋषि भृगुले विदेह मन्थन गरि एउटा बालक उत्पन्न गराएका थिए, बालकको नाम मिथि राखियोे । मिथिकै नामबाट यस क्षेत्रको नामाकरण मिथिला भएको हो ।’स्थानीय जिरेखन पासवान भन्छन्,‘ धार्मिक एवं ऐतिहासिक महत्वको भार्गवसर पोखरी रहेकोेल यसलाई पर्यटकीय क्षेत्र बनाउन कुनै पक्षबाट कन्जुस्याई हुनुहुँदैन । यहाँ पर्यटक लोभ्याउन भार्गव(भृगु) ऋषिको ठुलो प्रतिमा समेत बनाउनु आवश्यक छ ।’