मणिपाल कलेज स्थापित हुुन जरुरी – Jaleshwortoday

मणिपाल कलेज स्थापित हुुन जरुरी

 August 25, 2022  
Jaleshwor Today Editorial

अढाई दशक अगाडि इन्जिनियरिंग कलेज संचालनको लागि जग्गा खरिद गरिए पनि कामकारवाही अगाडि नबढेपछि जलेश्वरबासी लगायत आसपासका स्थानियहरुमा निरासा देखिएको थियो । अहिले मणिपाल मेडिकल एण्ड एजुकेशन गु्रप(नेपाल)प्रा.लि.को प्रतिनिधि टोलीले जलेश्वर पुगेरै मणिपाल कलेज संचालन गर्ने प्रतिबद्धता जनाएको छ । जलेश्वर नगरपालिका ८ मा रहेको ३० बिग्हा भन्दा बढि जग्गा अवलोकन गरिसकेपछि मणिपालका प्रतिनिधि नारायण प्रसाद पौडेल र शान्ता राज बतास तथा प्रमुख इन्जिनियर संजय कुमार गुप्ताले संयुक्त रुपमा मणिपाल कलेज संचालन हुने प्रतिबद्धता जनाएका छन् । यो प्र्रतिबद्धता पछि जलेश्वरबासीमा एक किसिमको खुशियाली नै छाएको छ । यसले जलेश्वरको स्थानिय विकास हुनुका साथै यस क्षेत्रका विद्यार्थीहरु लाभान्वित हुने छन् । वास्तवमा जलेश्वरबासीको धेरै सपनाहरु मध्ये यो पनि एक हो जसको पुरा हुन अहिलेको आवश्यकता बनेको छ । तर यसको प्राप्ति त्यति कठिन नभएकोले यसको लागि यहाँको बौद्धिकवर्ग,नागरिक समाज,जनप्रतिनिधि तथा पत्रकारहरुको निगरानी आवश्यक छ । किनभने मणिपालमा सम्बन्धमा नेताहरुको चुनावि मसाला हो भन्ने पनि सुनिएका छन्् जुन प्र्रदेश र प्र्रतिनिधि सभाको चुनाव पछि सेलाएर जाने छ ।