लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट दोस्रो पटक निर्वाचित – Jaleshwortoday

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट दोस्रो पटक निर्वाचित

 November 25, 2022  
dd

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ९ मंसिर

महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर दोस्रो पटक निर्वाचित भएका छन्। ठाकुर १६ हजार ३७५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याए। यस्तै, स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए।