रेशम चौधरी लगायतलाई छुटाउन सरकारले ल्यायो अध्यादेश – Jaleshwortoday

रेशम चौधरी लगायतलाई छुटाउन सरकारले ल्यायो अध्यादेश

 December 11, 2022  
kk

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २५ मंसिर

आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनले भने–‘रेशम चौधरी छुटाउन भनेर त लेखेको छैन तर राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय भएको छ ।’ यो निर्णयबाट राजनीतिक मुद्दा लागेका र शान्ति प्रक्रियामा आएका तथा आउने क्रममा रहेकालाई सम्बोधन गर्ने उनले बताए । यो निर्णयबाट जेलमा रहेका रेशम चौधरीसहित विप्लव समूहका जेलजीवन बिताइरहेका नेता कार्यकर्तालाई फाइदा पुग्ने भएको छ ।