मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त – Jaleshwortoday

मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

 January 11, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ पौंष

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् ।मधेश प्रदेश सभाको १०७ मध्ये ६३ सांसदको हस्ताक्षरसहितको दावी गरेका उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त गरेका हुन् ।मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ ।निवर्तमान सभामुख समेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ६३ प्रदेश सांसदको दावी पेश गरेका थिए । मधेश प्रदेशमा प्रदेश प्रमुख मिश्रले पुस २८ गते मध्यान्ह ४ बजेसम्मको लागि मुख्यमन्त्रीमा दावी पेश गर्ने समतय तोकेका थिए ।