भोलि देशभरी राष्ट्रिय झण्डा झुकाउने निर्देशन सहित शोक बिदा – Jaleshwortoday

भोलि देशभरी राष्ट्रिय झण्डा झुकाउने निर्देशन सहित शोक बिदा

 January 15, 2023  
ll

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १ माघ

विमान दुर्घटनाको शोकमा सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरामा भएको जहाज दुर्घटनाको भोलि देशभरी राष्ट्रिय झण्डा झुकाउने निर्देशन सहित शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।