जनकपुरधामको युवकको अपहरणगरी हत्या गरेको आरोपमा पाँचजना पक्राउ – Jaleshwortoday

जनकपुरधामको युवकको अपहरणगरी हत्या गरेको आरोपमा पाँचजना पक्राउ

 January 22, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, ८ माघ

जनकपुरधामका दुई युवकको अपहरण गरि हत्या गरेको आरोपमा दुई नेपालीसहित पाँचजना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का रोहित साह र वडा नं. १३ का विष्णु साहको हत्या आरोपमा पाँचजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । नेपाल प्रहरीले दुईजना र भारतीय प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । नेपाल तर्फ पक्राउ पर्नेमा महोत्तरीको मनरा सिसवा नगरपालिका २ ईटहर्वा बस्ने २४ वर्षीय किसन कुमार पंडित र मुकेश पासवान रहेको प्रहरीले जनाएका छन् । प्रवक्ता क्षेत्रीका अनुसार गत पुस २७ गते रोहित र विष्णु ज १२ प ८०४ नम्बरको पल्सर मोटरसाइकलबाट घुम्न निस्केकोमा सोही दिनदेखि तिनीहरुको मोबाइल अफ भएको थियो । दुईदिनपछि विष्णुकै फोनबाट विष्णुको बुवाको मोबाईलमा फोन आएको र विष्णुलाई छाड्न १० लाख लिएर आउन भनेका थिए । अपहरणकारीको फोन आएकै दिन पीडितले प्रहरीमा मौखिक जानकारी गराएपछि जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले भारतिय सिमा अन्तर्गत पर्ने भारतिय प्रहरीसंग आवश्यक समन्वय गरेर खोज तलास तथा अनुसन्धान गर्दै जादा आइतबार बिाहान करिब अढाई बजे भारतको बिहार राज्य सितामढी जिल्ला पर्सा ग्राम थाना बेला स्थितमा दुईवटा लास गाडिएको अवस्थामा फेला परेको हो ।