सर्वोच्चको फैसलाले रविले गरेको कोर्ट म्यारिज पनि बदर – Jaleshwortoday

सर्वोच्चको फैसलाले रविले गरेको कोर्ट म्यारिज पनि बदर

 January 28, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ माघ

सर्वोच्चको संवैधानिक इजलासले रवि लामिछानेको पुरानो नागरिकतालाई अवैधानिक ठहर गरेसँगै उनले गरेको कोर्ट म्याारिजसमेत बदर भएको छ। २०५० फागुनमा काठमाडौँ जिल्ला प्रशासनबाट लिएको नागरिकता २०७० अमेरिकी नागरिकता पाएपछि अवैधानिक भएको ठहर सर्वोच्चले गरेको छ।अमेरिकी नागरिकता पाएपछि उनले नेपाली नागरिकताका आधारमा गरेका सबै कानुनी काम अवैधानिक रहेको ठहर सर्वोच्चले गरेको हो। त्यसैको आधारमा उनले निकिता पौडेलसँग गरेको कोर्ट म्यारिजसमेत बदर भएको हो। लामिछाने र पौडेलबीच २०७७ साल माघ ८ गते काठमाडौँ जिल्ला अदालतमा कोर्ट म्यारिज भएको थियो। कोर्ट म्यारिज बदर भएर निकितासँगको कानुनी सम्बन्ध शून्यमा परिणत भए पनि उनीहरुको सामाजिक र साँस्कृतिक सम्बन्ध भने कायम रहन्छ। कानुनी रुपमा विवाह कायम गराउन उनले नेपाली नागरिकता पुनःप्राप्ति गरेर फेरि काठमाडौँ जिल्ला अदादतमा निवेदन दिनुपर्छ।