संसदका सिटमा सांसदको नाम लेख्ने प्रस्ताव – Jaleshwortoday

संसदका सिटमा सांसदको नाम लेख्ने प्रस्ताव

 January 29, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १५ माघ

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रत्येक सांसदको सिटमा नाम (नेम प्लेट) राख्ने प्रस्ताव प्रस्तुत भएको छ । आइतबार सिंहदरवारमा बसेको मस्यौदा समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् । शाही भन्छन्, ‘हाजिर गर्ने र हिँड्ने माननीयलाई रोक्न पनि यो आवश्यक छ ।’ सांसदको नाम कुर्सीमा लेख्दा हाजिर गरेर हिँड्ने तथा बैठकमा अनुपस्थित हुनेको नाम जनताले थाहा पाउने हुँदा त्यो सार्वजनिक जवाफदेहिताको विषय बन्ने उनको दाबी छ । भन्छन्, ‘यसरी पनि हामी माननीयहरुलाई सिस्टममा हिँडाउनुपर्ने छ ।’ नेम प्लेट राखिदिएपछि सांसदहरु सबै भत्ता खान मात्रै संसद भवन जान्छन भन्ने सोलोडोलो बुझाइ पनि खण्डित हुने शाही बताउँछन् । ‘यो सबैको हीतमा छ भन्ने हाम्रो बुझाइ छ ।’ बैठकपछि शाहीले अनलाइनखबरसित भने ।