अयोध्यामा भगवान रामको मूर्ति बनाइने देवशिला जानकी मन्दिरमा, दर्शन गर्नेको भीड – Jaleshwortoday

अयोध्यामा भगवान रामको मूर्ति बनाइने देवशिला जानकी मन्दिरमा, दर्शन गर्नेको भीड

 January 29, 2023  
dd

जलेश्वरटुडे समाचारदाता
धनुषा, १५ माघ

भारत उतर प्रदेशको अयोध्यामा भगवान रामको मूर्ति निर्माण गर्न लागिने देवशिला जनकपुरधाम ल्याइएको छ । राति जनकपुरधाम ल्याइएको दुईवटा देवशिला जानकी मन्दिर प्रांगणमा विशेष पूजा अर्चनाको लागि राखिएको हो ।

 

अयोध्यामा निर्माणाधिन भगवान रामको मन्दिरमा स्थापित गरिने श्री रामको बालरुप ‘रामलला’ को भब्य प्रतिमा निर्माणका लागि नेपालको श्री कृष्णागण्डकी तटबाट विधि पुर्वक ल्याइएको छ।

देवशिलाको मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, प्रतिनिधि सभा सदस्य जुली महतो लगायतले पूजा अर्चना गरेका हुन् ।

 

अहिले दर्शनको लागि जानकी मन्दिर प्रांगणमा भक्तजनको भीड लागेको छ।