धनुषा प्रहरीको हिरासत फोडेर फरार ६ जना मध्ये तीन थुनुवा पक्राउ, तीनको खोजी तिव्र – Jaleshwortoday

धनुषा प्रहरीको हिरासत फोडेर फरार ६ जना मध्ये तीन थुनुवा पक्राउ, तीनको खोजी तिव्र

 February 1, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १८ माघ

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडे फरार तीन थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका ६ का रोशनकुमार महतो छन् । अभद्रव्यबहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति पक्राउ परेको धनुषाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । यस्तै सोही कसुरका अमितलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेका हुन् । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ पक्रेको थियो । गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले व्यापक सर्च अपरेशन चलाई खोज तलास गर्दे जाने क्रममा जारी राखेको जनाएको छ । अन्य तीन जनाको खोजी कार्य समेत जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।