जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २ फाल्गुण
महोत्तरी प्रहरीले भारतीय प्रतिबन्धित १७ लाख भारु रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका ८ बस्ने २९ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोलीले नेपाल–भारतको सिमानाबाट नेपालतर्फ आउँदै गरेको ज ६ प ६६६४ नंम्बरको मोटरसाईकलको ट्याङ्की भित्रबाट भारु रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक संतोष कुमार पोखरेलले जानकारी दिए । प्रहरीले युवकको साथबाट प्रतिबन्धित भारतीय नोट ५ सयको ३ हजार ४ सय थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । युवकलाई आवश्यक कारवाहीका लागि रुपैयाँसहित राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
