मुसहर समुदायकाे उम्लिरहेको दूधले नुहाउने परम्परा – Jaleshwortoday

मुसहर समुदायकाे उम्लिरहेको दूधले नुहाउने परम्परा

 February 21, 2023  
yy

जलेश्वरटुडे सामाचारदाता
महोत्तरी, ९ फाल्गुण

उम्लिरहेको दूधबाट स्नान गरेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर यहाँ भकभकी तातो दुधले नुहाउने चलन छ।महोत्तरी लगायत तराई मधेस क्षेत्रका मुसहर समुदायमा भने उम्लिरहेको दूधले नुहाउने परम्परा छ ।महोत्तरी लगायत तराई मधेसमा बासोबास गर्ने मुसहर समुदायले पुरानो परम्परा अनुसार यस वर्ष पनि तातो दुधमा स्नान गर्ने पर्व मनाएका छन् ।आफ्नो लोक देवता ’भुइँया महाराज’ को पूजाआजा गरि मुसहर समुदायले दुधले नुहाउने गर्दछन् ।मुसहर समुदायले वर्षौंदेखि यो परम्परालाई निरन्तरता दिदै आएका छन् । पूजा स्थलमा फूल, प्रसाद, परेवा, तपाउन अर्थात रक्सी, पान, सुपारीसँगै दुईवटा भाँडोमा दूध राख्ने गरिन्छ ।

आगो बालिएको चुलोमाथि राखिएका ती दुवै भाँडामा दूध उमालिन्छ । त्यहि दुधबाट ३ जना मूल धामी (झाँक्री) ले स्नान गर्ने गर्दछन् ।तराई मधेसमा लोपोन्मुख ढोल, करताल र घुँघुर लगायतका सांस्कृतिक तथा परम्परागत बाजागाजाको धुनमा महराई गाउँदै धामीहरूले तातो दूध जिउमा खन्याउने गर्दछन् ।पूजास्थलमा बाक्लो उपस्थित रहेका महिलाहरू पनि त्यतिकै रमाइरहेका थिए । उनीहरूले टोली बनाई महराई (विशेष लोक सांस्कृतिक गीत) गाउन व्यस्त थिए । उता तीनै धामीबाट आशिष ग्रहण गर्ने श्रद्धालुहरूको लाभालस्कर त्यतिकै थियो, पूजास्थलमा।मुसहर समुदायकै ललिता सदाका अनुसार मुसहरहरू पारम्परिक रूपले अपतौली पूजा गर्दै आएका बताउँछिन । मुसहरहरू आफूलाई भुइँया महाराजको सन्तति मान्छन् ।

तराई मधेस क्षेत्रका मुसहर समुदायमा उम्लिरहेको दूधले नुहाउने एक पर्व रहेको छ । उक्त समुदायले सोमवार सामूहिक समारोहको आयोजना गरेर तातो दूधमा स्नान गर्ने पर्व मनाएका छन् । आफ्नो लोक देवता ’भुइँया महाराज’ को पूजा अवसरमा मुसहर समुदायले यस्तो कार्य गरेका हुन् । उनीहरूको ’अपतौली’ पूजा र पर्वको मूल विशेषता हो, यो ।मुसहर समुदायले वर्षौंदेखि यो परम्परालाई निरन्तरता दिदै आएका छन् । सोही अन्तरगत सोमवार औरही नगरपालिका २ औरहीमा हर्षोल्लास पूर्वक उम्लिरहेको दूधबाटै स्नान गरे ‘भूइया महाराज’को पूजा गरेका छन् ।

पूजा स्थलमा फूल, प्रसाद, परेवा, तपाउन (रक्सी), पान, सुपारीसँगै दुईवटा भाँडोमा दूधसमेत राखिएको थियो । त्यही दुधलाई उमाली तीन मूल धामी (झाँक्री) स्नान गर्छन् । तराई र मधेसमा लोपोन्मुख ढोल, करताल र घुँघुरलगायतका सांस्कृतिक तथा पारम्परिक बाजागाजाको धुनमा महराई गाउँदै धामीहरूले तातो दूध जिउमा खन्याउने प्रचलन रहेको छ ।यस पर्वमा टोली बनाई महराई गाउने गरिन्छ । उता तीनै धामीबाट आशिष ग्रहण गर्ने श्रद्धालुहरूको लाभालस्कर लाग्ने गर्दछ ।