परिक्रमा श्रद्धालुहरुका लागि हेल्प डेस्क, विहिवार मटिहानीमा – Jaleshwortoday

परिक्रमा श्रद्धालुहरुका लागि हेल्प डेस्क, विहिवार मटिहानीमा

 February 22, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १० फाल्गुण

हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र १५ दिने मिथिला मध्यमिकी परिक्रमाका श्रद्धालुहरूका लागि नेपाल–भारत खुला सीमा संवाद समूहले हेल्प डेस्क सञ्चालन गरिरहेको छ । बुधबार तेस्रो दिन भारतको मधुबनीस्थित गिरजा स्थानमा नेपाल–भारत खुला सीमा संवाद समूह मधुबनीले राखेको हेल्प डेस्कमा निःशुल्क शिविर सञ्चालन गरिएको छ । समूहका मधुबनी जिल्ला अध्यक्ष डा रोहित झाको अध्यक्षतामा निःशुल्क प्राथमिक उपचारसहित चिया र पानीको व्यवस्था गरिएको समूहका केन्द्रीय अध्यक्ष राजीव झाले जानकारी दिए । यसअघि, मिथिला मध्यमा परिक्रमाको पहिलो दिन नेपालको हनुमानगढी जनकपुरधाममा साधुसन्त, महात्मा तथा श्रद्धालु भक्तजनहरूको सुविधालाई ध्यानमा राखी कार्यालय सचिव कृष्ण कुमार साहको अध्यक्षतामा हेल्प डेस्क स्थापना गरिएको थियो । जसमा प्राथमिक उपचारसहित चिया र पानीको व्यवस्था गरिएको थियो । ओढ्ने र बिछाउन गाह्रो भएको साधुसन्तहरूका लागि कम्बल र झुलसमेत वितरण गर्ने नेपाल भारत खुला सीमा संवाद समूहका सहसचिवि रामजी रायले बताए । उक्त हेल्प डेस्कमा जिल्ला समन्वय समितिको सभापति राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साह, तमलोपाकी नेत्री विभा ठाकुर, क्लोथ बैंकको कोषाध्यक्ष रुबि झा,सचिव मनिष श्रीओम, नेपाल तरुण दलको नेता राकेश विक्रम साह, धनेश्वर ठाकुर, पारस ठाकुर, सुनिल कुमार गुप्ताको सहभागीतामा सञ्चालन गरिएको थियो ।