जनकपुरमा भव्यताका साथ निकालियो सतगुरु शोभा यात्रा – Jaleshwortoday

जनकपुरमा भव्यताका साथ निकालियो सतगुरु शोभा यात्रा

 February 28, 2023  
yy

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ फाल्गुण

जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा मंगलबार उनका अनुयायीहरु द्वारा पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा सतलोक आश्रम धनुषा बाट आध्यात्मिक चेतना एवं सतगुरु शोभा यात्रा निकालिएको छ।

यहि फाल्गुन १८,१९ र २० गते सतलोक आश्रम धनुषामा आदरणीय सन्त गरीबदास जी महाराज को बोध दिवसको उपलक्ष्यमा हुन गैरहेको अखण्ड पाठ, विशाल भण्डारा,रक्तदान,दाइजो रहित विवाह कार्यक्रममा सहभागीताका लागि सार्वजनिक रुपमा सम्पुर्ण देशवासी लाई निमन्त्रणा दिंदै तथा कबीर साहेबको र सन्त रामपाल जी महाराज को जयकारा लगाउँदै उक्त शोभा यात्रा अगाडि बढेको हो। हजारौं को संख्यामा मोटरसाइकल,भेन,जीप,कार ट्रक आदी वाहनहरु सजाएर चेतना यात्रामा सहभागी गराइएका थिए।

यस यात्राको माध्यमले समाजलाई नशामुक्ति,दाइजो प्रथा उन्मुलन,भ्रष्टाचारको अन्त्य जस्ता अति आवश्यक सन्देश दिने कुरा श्रद्धालु हरुले बताएका छन् । विकृतिहरुले ग्रस्त वर्तमान समाजमा आध्यात्मिक ज्ञानको चेतना जगाई समाजलाई कुलत, दाइजो प्रथा, बली प्रथा, अन्धविश्वास, पाखण्ड्वाद जस्ता सामाजिक विकृतिहरु बाट मुक्त गर्ने उद्देश्यले यो शोभा यात्रा निकालिएको कुरा सन्त रामपालजी महाराजका अनुयायीहरुले जनाएका छन् । स्वच्छ,सभ्य,आध्यात्मिक समाज निर्माण गरेर सर्व मानव लाई सुखी बनाउने र पूर्ण मोक्ष प्रदान गर्ने उद्देश्यले संत रामपाल जी महाराजले अथक प्रयत्न गरिरहनुभएको जानकारी पनि अनुयायीहरुले दिएका छन् ।

सतलोक आश्रम धनुषा बाट निकालिएको उक्त शोभा यात्रा जनकपुर,जलेश्वर हुँदै सतलोकआश्रम मा नै पुगेर समापन भएको छ।