रामकुमारी झाक्री जनकपुरमा होली खेल्दै भनिन् ‘मिथिलाको होली लोभ लाग्दो’ – Jaleshwortoday

रामकुमारी झाक्री जनकपुरमा होली खेल्दै भनिन् ‘मिथिलाको होली लोभ लाग्दो’

 March 6, 2023  
dd

जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ फाल्गुण

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले मिथिलाको होली विशिष्ट रहेको बताएकी छिन् । जनकपुरको मठमन्दिरका भगवान सहितको डोला १५ दिन सम्म परिक्रमा गर्दै होली मनाउने परम्परा लोभलाग्दो छ, उनले भनिन्, ‘हिंशामय होली फेरिएर निर्धाक्क भएर स्नेह सटासाट गर्ने पर्वमा परिणत भएको छ । पहिले होलीको दिन महिला सडकमा निस्किने अवस्था हुदैन थियो । समाजिक अवस्था परिवर्तन हुदै होलीमा महिला निर्धक्क भएर मनाउन थालेका छन् ।’ मिथिलामा मनाउने होलीले हर्षित भएको छु, उनलले भनिन् ।

जनकपुरमा सोमबार नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी धनुक्षा क्षेत्र नं. ३ ले आयोजना गरेको होली शुभकामना आदान प्रदान कार्यक्रममा झार्कीले स्वर्थकालागि गठबन्धन गर्ने र तोडने परम्पराले राजनीति दलका नेताप्रति नकारात्मक सन्देश गएको बताइन । झक्रीले नया गठबन्धनको प्रदेश सरकार पुर्नगठन सहज नरहेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचन पछि अनुमान गरेको भन्दा फरक रुपमा राजनीति कोर्ष अगाडी बढन सक्ने उनले बताइन । झाक्रीले मिथिला मध्यमिकि परिक्रमाका साधुसन्तहरुसंग समेत होली खेले । जनकपुरधाममा साधुसन्त, विभिन्न राजनीति दलका नेताह र संघसंस्थाहरुसंग होली खेल्न पाउदा खुसी लागेको उनले बताईन् ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी धनुषा क्षेत्र नं. ३ का नेता दिपेन्द्र यादव दिपुको अगुवाईमा भएको कार्यक्रममा होली सम्बन्धी झँकी, गित र नृत्यमा नेताहरु रमाएका थिए ।