मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवद्वारा होलिको शुभकामना व्यक्त – Jaleshwortoday

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवद्वारा होलिको शुभकामना व्यक्त

 March 7, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ फाल्गुण

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले होलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री यादवले सोमबार विज्ञप्ति जारी गर्दै रंग अबीरको पर्व होलीको सु–अवसरमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उनले यहाँका हरेक जातजाति र धर्मावलम्बीहरुमा आ आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताएका छन् ।

समुदायबीच सद्भाव र मेलमिलाप बढाउने हामीहरुको हरेक चाडपर्व रहेको बताउँदै मुख्यमन्त्री यादवले यस्ता पर्वहरुले समुदायहरुलाई आ आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्न पनि अभिप्रेरित गर्ने गरेको बताएका छन् ।

असत्यमाथि सत्यको विजयको रुपमा मनाइने होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद् भावको यस पर्वले मधेश प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरुमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस कामनासमेत मुख्यमन्त्री यादवले गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘कुमतिको होलीका दहन होस र यहाँहरुको जीवन रसरंगमय, प्रेममय होस र खुशीयालीका साथै आपसी एकता र सद्भाव कायम रही रहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।’