जलेश्वरसहित मिथिलाञ्चल क्षेत्रमा होली मनाइयो – Jaleshwortoday

जलेश्वरसहित मिथिलाञ्चल क्षेत्रमा होली मनाइयो

 March 8, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ फाल्गुण

हिजो मंगलबार जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने मिथिला मध्यमा परिक्रमा सम्पन्न भएपछि आज जलेश्वरसहित मिथिलाञ्चल क्षेत्रमा घर घरमा मिष्टान परिकार पकाएर खाँदै रंगअविर लगाएर होली मनाइएको छ । फागु पूर्णिमाको दिन सोमबार पहाडी क्षेत्रमा होली मनाइएको थियो भने हिजो मंगलबार तराई मधेशमा होली पर्व मनाइएको छ । यधपी मंगलबार माछा मासु नखानेले बुधबार होली पर्व मनाएको छ ।