जलेश्वर नगरपालिकाको गाडी रौतहट ट्राफिकको फन्दामा – Jaleshwortoday

जलेश्वर नगरपालिकाको गाडी रौतहट ट्राफिकको फन्दामा

 March 11, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
रौतहट, २७ फाल्गुण

बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गर्दै गुडेको एक गाडी रौतहट ट्राफिकले नियन्त्रणमा लिएको छ ।

जलेश्वर नगरपालिकाको ज१झ ५४५ नम्बरको सरकारी गाडीलाई पूर्व पश्चीम राजमार्गको चन्द्रनिगाहपुरमा ट्राफिक प्रहरीले रोकेर जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र देखाउन भने पछि चालकले सो गाडी भगाएका थिए ।

“जिल्ला ट्राफिक कार्यालय अगाडीको चेकप्वाइन्टमा सो गाडीसँग सार्वजनिक बिदाको दिन चलाउन चाहिने जिल्ला प्रशासनको पास देखाउन भन्दा पत्र थिएन ।” जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रहरि निरिक्षक विमला कठायतले भनिन “पास बिना गुडको गाडि ट्राफिक कार्यालय भित्र राख्न भन्दा चालकले गाडी त्यहाँबाट भगाए, पछि हामिले चोकबाट नियन्त्रणमा लियौं ।” चेकजाँचकै बेला गाडी भगाए पछि लगतै सबै प्रहरी यूनिटलाई सो गाडीको बारेमा जानकारी दिए पछि चन्द्रनिगाहपुर चोकमै प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

गाडिमा रहेका एक व्यक्तिले आफु मेयरको स्वकीय सचिव भएको बताएका थिए । पश्चिम बारातर्फ गइरहेको सो गाडी ट्राफिकले नियन्त्रण्मा लिन थालेपछि चालकले पूर्व तर्फ भगाएर चन्द्रनिगापुर चोकमा रोकेर चालक र सवार अन्य व्यक्तिहरु फरार भएका छन ।

सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग रोक्न ट्राफिकले चेकजाच गरेको प्रहरि निरिक्षक कठायतले बताइन ।