२ वटा ट्रक एकआपसमा ठोकिँदा तीन जनाको मृत्यु – Jaleshwortoday

२ वटा ट्रक एकआपसमा ठोकिँदा तीन जनाको मृत्यु

 March 25, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, ११ चैत्र

धनुषामा दुईवटा ट्रक एकापसमा ठोकिँदा तीनजनाको मृत्युु भएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। दुर्घटनामा परेर सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सह चालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको मृत्यु भएको हो । यस्तै, सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका छन् भने उनको उपचार भइरहेको प्रहरीले जनाएका छन् ।