दाइजो माग्दै श्रीमतीलाई कुट्ने श्रीमान प्रहरीको हिरासतमा – Jaleshwortoday

दाइजो माग्दै श्रीमतीलाई कुट्ने श्रीमान प्रहरीको हिरासतमा

 March 25, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
सप्तरी, ११ चैत्र

सप्तरीमा ५० लाख दाइजो माग्दै श्रीमतीलाई कुटेको आरोप लागेका श्रीमान कारागार चलान भएका छन् । राजविराज नगरपालिका ३ का नवीन कुमार दासलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान पठाएको छ ।

राजविराज ३ की आरती कुमारी दासले श्रीमान् सहित आफ्नै परिवारका सदस्यहरूले बिहे भएको वर्ष दिन नबित्दै आफूमाथि घरेलु हिंसा भएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार प्रतिवादी नविन कुमार दासलाई फागुन १९ गते पक्राउ गरी मुद्दाको सम्पुर्ण अनसुन्धान पश्चात सप्तरी जिल्ला अदालतले बिहिबार पुरपक्षको लागी थुनामा पठाउन आदेश दिएकोमा कारागार पठाएको जानकारी दिए ।