श्री देवअंशी लहेरी ससाजले चैत्र २५ गते वार्षिकोत्सव तथा वार्षिक साधारण सभा गर्ने – Jaleshwortoday

श्री देवअंशी लहेरी ससाजले चैत्र २५ गते वार्षिकोत्सव तथा वार्षिक साधारण सभा गर्ने

 March 29, 2023  
Laheri Logo

जलेश्वरटुडे समाचारदाता
धनुषा, १५ चैत्र

राजर्षि जनक र सिता माताको पावन भूमि,मधेस प्र्रदेश तथा राजधानी जनकपुरधाममा अवस्थित जनकपुरधाम उप—महानगरपालिका वडा नं.—४ मा स्थापित श्री देवअंशी लहेरी समाजको श्री सत्य नारायण भगवानको मन्दिर परिसरमा २०७९ साल चैत्र २५ गते शनिवार वार्षिकोत्सव तथा वार्षिक साधारण सभा गर्ने भएको छ ।
श्री देवअंशी लहेरी समाजको अध्यक्ष मुकेश कुमार साहले सो कार्यक्रममा सम्पूर्ण लहेरी चौरासी स्वजातिको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएको छ । श्री देवअंशी लहेरी समाजको पदाधिकारीहरुको समयावधि पनि यसै २०७९ चैत्र महिना भित्र समाप्त हुन गई रहेकोले वार्षिक साधारण सभा गरेर कानुनी रुपमा चुनाव वा सर्वसहमतिबाट नयाँ समिति गठन गर्नु पर्ने प्रावधान रहेकोले त्यसको बारेमा समेत छलफल गरिने अध्यक्ष साहले बताउनु भयो । अध्यक्ष साहले दुईटै कार्यक्रमहरुलाई सफल बनाउँनको लागि सदस्यता लिन छुटेकाहरुलाई चैत्र २५ गते भन्दा अगाडी नै सदस्यता ग्रहण गर्न तथा आवश्यक आर्थिक सहयोग समेत गरि दिनु हुनको लागि सम्पूर्ण स्वजातिलाई आग्रह गर्नु भएको छ ।