संगठित अपराध तथा अपराधिक गतिविधि नियन्त्रण गर्न निमित्त मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन – Jaleshwortoday

संगठित अपराध तथा अपराधिक गतिविधि नियन्त्रण गर्न निमित्त मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

 April 3, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ चैत्र

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संगठित अपराध तथा अपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

आइतबार प्रदेश प्रहरी कार्यालयमा हाजिर भएका प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जिल्लाका प्रहरी कार्यालय प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा यस्तो निर्देशन दिएका हुन् ।

उनले अवैध भन्सार छली, चोरी निकासी पैठारी, जाली नोटको कारोवार नियन्त्रण, संगठित अपराध तथा अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने, पेन्डिङ मुद्दा फर्छ्यौट, कार्यालय संचालन व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई गैर व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नभई काम गर्न निर्देशन दिएका हुन् ।

भट्टराईले उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट ईमान्दारी पुर्वक प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिए ।

मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त बहादुर कुँवरको बढुवा भएपछि उनी यहाँबाट गएपश्चात प्रमुख पद खाली थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत्त रहेका भट्टराई काज सरुवामा मधेश प्रदेशमा आएका हुन् ।