सरकारको न्यूनतम साझा कार्यक्रमको नागरिकता सम्बन्धि बुँदा प्रति तमलोपाको आपत्ति – Jaleshwortoday

सरकारको न्यूनतम साझा कार्यक्रमको नागरिकता सम्बन्धि बुँदा प्रति तमलोपाको आपत्ति

 April 8, 2023  
oo

जलेश्वरटुडे समाचारदाता
धनुषा, २५ चैत्र

गठबन्धनको सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम प्रति तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले आपत्ति जनाएको छ । शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने भनेकाले यसले नागरिकताको विषय अझै जालझेल, ढिलाई, अल्मलाईराख्ने र विवादस्पद बनाई राख्ने षडयन्त्र रहिरहेको आरोप लगाए । ‘दुई दुई पटक सदनबाट पारित भएर प्रमाणिकरणका लागि तत्कालिन राष्ट्रपतिकहाँ गएपनि प्रमाणिकरण गर्ने संवैधानिक व्यवस्था रहेपनि त्यसलाई प्रमाणिकरण गरिएन् । त्यसलाई अहिले प्रमाणिकरण गर्नुको ठाउँमा सरकार मौन रही तत्कालिन तत्कालिन राष्ट्रपतिबाट संविधानको घोर उल्लघंनप्रति स्वीकारोक्ति दिनु लोकतन्त्र र विधिको शासनमाथि ठूलो प्रहार हो’, अध्यक्ष लालले भने । अहिलेको सरकारले राष्ट्रपतिलाई शक्तिको स्रोत र संविधानभन्दा माथिको स्थान दिँदै लैजाने घातक परम्पराको थालनी गर्न लागेकाले लोकतन्त्र विरुद्धको यस्तो गम्भीर क्रियाकलापप्रति सजग हुन संघीय संसद, लाकतन्त्रप्रति सजग समुह र विज्ञ बौद्धिक समुदायलाई ध्यानाकर्षण गराए ।