नेपालीहरुको नयाँ वर्ष भनेको बैशाख १ गतेलाई बुझ्ने गरिन्छ । बैशाख १ गते यस वर्ष शुक्रबार पर्न गएको हो । बैशाख १ गतेलाई बैशाख संक्रान्ति पनि भन्ने गरिन्छ । यस दिनलाई विशेष गरेर मधेसमा सतुआइन पर्वको रुपमा समेत मनाइने गरिन्छ । यस दिन विहानै कुनै धार्मिक तलाउ वा पोखरीमा स्नान गरेर चनाको सातु र गुड वा चिनि पानीसँग मिसाएर खाने चलन रहेको छ । यसै गरी अर्काे दिन २ गते जुड शितलको रुपमा मनाउने गरिन्छ । मिथिलाञ्चलमा जुड शितलको समेत छुट्टै पहिचान तथा महत्व रहेको छ ।
नव वर्ष २०८० को आगमन सँगै सबै नेपालीहरुमा स्वस्फुर्त रुपमा नयाँ आशा तथा उमंग पलाएको देखिन्छ किनभने २०७९ सालमा देखिएका तथा भोगिएका समस्याहरु आउने वर्षमा नराख्ने वा त्यसलाई पहिले नै समाधान गरिहाल्ने अठोट सबैमा रहेको हुन्छ । वास्तवमा २०७९ साल सबै नेपालीको लागि आर्थिक मन्दीको वर्षको रुपमा देखियो जसले विभिन्न क्षेत्रहरुमा समस्याहरु देखायो । हामीले विश्वास र अठोट गर्न आवश्यक छ की नव वर्ष २०८० हामी सबैको लागि आर्थिक क्रान्तिको वर्ष बनोस । किनभने नेपालको अहिले अवस्थालाई यदि जस्ताको त्यस्तै छोडी दियौ भने नेपालको अवस्था झन कमजोर हुनमा कसैले बचाउन सक्दैन । झन अहिले कोरोनाको कहरको त्रास बढन थालेको छ । यस परिवेशमा हामी नेपालीहरुको अवस्था असहय तथा झन कमजोर हुन जान्छ । त्यसकारण अवको २०८० लाई आर्थिक क्रान्तिको वर्षको रुपमा व्यहारिक रुपमा बुझन तथा लागु गर्न आवश्यक छ । सानो भए पनि उद्योग तथा कलकारखानाको स्थापना तथा संचालन स्थानिय तथा शहर क्षेत्रमा गर्न आवश्यक छ । नेपाललाई आर्थिक रुपमा सबल बनाउन आवश्यक छ । यसको लागि सबै नेपालीले हातेमालो गरेर अगाडी बढन आवश्यक छ ।
यस वर्ष नेपालको तीनै तहको सरकारले संतुलित रुपमा नेपालको चौतर्फि विकास गर्न गराउन अग्रसर रहोस भन्ने कामना गर्दछौं ।
अन्त्यमा नव वर्ष २०८० को सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
