जानकी नवमीमा राष्ट्रिय बिदा दिन सरकारसँग आयोगको माग – Jaleshwortoday

जानकी नवमीमा राष्ट्रिय बिदा दिन सरकारसँग आयोगको माग

 April 28, 2023  
dd

 

जलेश्वरटुडे समाचारदाता
धनुषा, १५ बैशाख

मधेशी आयोगले जानकी नवमीलाई राष्ट्रिय पर्वको रुपमा घोषित गरी सो दिन राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेको छ ।

आयोगका अध्यक्ष विजयकुमार दत्तले शुक्रबार एक विज्ञप्ती निकाल्दै जानकी नवमीको अवसरमा देशभर सार्वजनिक बिदा दिन माग गरेका हुन् ।

विज्ञप्तीमा पुर्वीय सनातन धर्मको आधारविन्दु मनु–सतरुपा वंशका २५औँ राजा शिरध्वज विदेह जनकको कृषि कर्म र धर्मको सुखद प्रतिफल सीताको प्राकट्यता भएको उल्लेख गर्दै प्रत्येक बर्ष धवल नवमीका दिन विदेह–मिथिला भु–खण्डमा धुमधाम र हर्षोल्लासका साथ जानकी नवमी मनाइने भएकोले सार्वजनिक बिदा दिन माग गरिएको छ ।
आयोगले राष्ट्रिय विभुति एउटा प्रदेशमा किन सिमित ? भन्दै प्रश्नसमेत गरेको छ ।

यस वर्ष वैशाख १६ गतेका दिन जानकी नवमी धुमधाम र भक्तिपूर्ण रुपले मनाउन आयोगले सबैसँग आग्रहसमेत गरेको छ ।