कामनी ब्युटी पार्लरले छात्राहरुको नि:शुल्क कपाल काटिदियो – Jaleshwortoday

कामनी ब्युटी पार्लरले छात्राहरुको नि:शुल्क कपाल काटिदियो

 April 30, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
महोत्तरी,१७ वैशाख

जलेश्वर नगरपालिका ४ सुगा स्थित श्री सुकदेव माध्यमिक विद्यालयमा अध्ययनरत ५० छात्राहरुको कामनी ब्युटीपार्लरले निशुल्क कपाल काटिदिएको छ । जलेश्वरमा प्रसिद्ध रहेको कामनी ब्युटी पार्लरसंग समन्वय गरिएकोमा संचालिका कामनी साह सहित उनको टिमले छात्राहरुको कपाल काटिदिएको संचालिका साहले बताईन ।

उनले छात्राहरुको कपाल काट्नुसंगै उनीहरुलाई कपालको स्याहार सुशार वारे समेत जानकारी दिइएको बताईन । कपालको समयमै हेरचाह नगरे पछि गएर कपाल विग्रीन सक्ने,झर्न सक्ने भएकोले कपालको स्याहार अतिआवश्यक रहेको बताउदै संचालिका साहले अहिले देखि नै कपाल स्याहार गर्न सके कपाल स्वस्थ्य रह्ने बताइन । महिलाको श्रृंगार कपाल बिना पुरा हुन नसक्ने भन्दै अहिले देखि नै आफ्नो कपालको स्याहार गर्न सक्ने ज्ञान भए छात्राहरुले त्यसको सहि संरक्षण गर्न सक्ने संचालिका साहको भनाई छ ।

सामुदायिक विद्यालयमा विपन्न वर्गिय परिवारका बालबालिका पढ्ने गरेकोमा उनीहरु अधिकांश आर्थिक समस्याकै कारण समेत कपाल सपार्न नसकेको अवस्थामा ब्युटी पार्लरको तर्फबाट छात्राहरुलाई सानो कोसेली स्वरुप कपाट काटिदिएर स्याहार बारे जानकारी दिइएको हो ।

छात्राहरुको कपाल काट्ने र कपाल स्याहार सम्बन्धी जानकारी दिन समन्व्यकारी भुमिका निर्वाह गरिदिएकोमा संचालिका साहले विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई धन्यवाद समेत व्यक्त गरिन ।