जनकपुरधाममा गैरकानुनी रुपमा अनुगमनको गोरख धन्धा संचालन – Jaleshwortoday

जनकपुरधाममा गैरकानुनी रुपमा अनुगमनको गोरख धन्धा संचालन

 May 2, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १८ बैशाख

जनकपुरधाम उपमहानगरमा आफूलाई जनकपुरधाम उपमहानगर शिक्षा समितिको पदाधिकारी ठान्ने केहि निजि विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरु गैरकानुनी
रुपमा अनुगमनको गोरख धन्धा शुरु गरेको खुलेको छ ।
आइतबारदेखि अनुगमन शुरु गरेको अनाधिकृत निजि विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरु सोमबार बिदाको दिनमा समेत एक दर्जन भन्दा बढी निजि विद्यालयहरुमा पुगी डर,त्रास देखाउनुको साथै अभद्र व्यवहार गरेका छन् । फोन सम्पर्क गरी जनकपुरधाम उपमहानगरको नगर प्रमुख मनोज कुमार साह र शिक्षा प्रमुख अन्जु पाण्डेयलाई यस सम्बन्धी विवरण बुझ्दा आफूहरुलाई यस सम्बन्धमा कुनै जानकारी नरहेको बताउनु भएको छ साथै आफूहरु कसैलाई पनि अनुगमनको लागि नखटाएको बताउनु भयो । साथै धनुषा जिल्ला प्रमुख काशि राज दाहालले समेत यस्ता कार्य उपमहानगरको रहेकोले यस्ता अबैध काम गर्ने गराउनेलाई कारबाही हुने बताउनु भयो ।