मधेशमा कक्षा ८ मा पढ्ने छोरीलाई साईकल, १२ कक्षाकी छोरीलाई ल्यापटप – Jaleshwortoday

मधेशमा कक्षा ८ मा पढ्ने छोरीलाई साईकल, १२ कक्षाकी छोरीलाई ल्यापटप

 June 6, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ जेष्ठ

मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०।०८१ मा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत साइकल र ल्यापटप वितरण गर्ने भएको छ ।

बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिँदै कक्षा ८ का छात्रालाई साईकल वितरणका लागि विद्यालयलाई नै अनुदान दिने र कक्षा १२ का छोरीलाई कम्प्युटर शिक्षमा आकर्षण गर्न ल्यापटप वितरण गरिने नीति तथा कार्यक्रममा जोड दिएको छ ।

मंगलबार मधेश प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।